नेपाललाई सातौ‌ झट्का, पारस ६३ रनमा आउट

आइसीसी विश्वकप छनोट अन्तर्गत समुहको दोस्रो खेलमा अहिले नेपाल र स्कटल्याण्ड विच प्रतिस्पर्धा भइरहेको छ ।

जिम्बावेको बुलायाओ स्थित क्विन्स स्पोर्टस क्लवमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराव सुरुवात गर्यो । ओपनर ज्ञानेन्द्र मल्ल मात्र एक रनमा आउट भएपछि नेपालले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो ।

त्यसको लगत्तै नेपालले ११ रनमा दुई विकेट गुमायो । नेपालकका अर्का ओपनर दिलिप नाथ पनि मात्र चार रनमा आउट भए । त्यसपछि क्रिजमा आएका दिपेन्द्रसिंह ऐरी पनि मात्र १ रनमा आउट भएपछि नेपालले १४ रनमा तेस्रो विकेट गुमायो ।

लगत्तै भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर पनि खाता खोल्न नपाउदै आउट भएपछि नेपालले १४ रनमै ४ विकेट खेर फाल्यो । नेपाली टिमका कप्तान पारस खड्काले नौ रन जोडसंगै लिष्ट ए मा एक हजार रन पुरा गरेका छन ।

तर नेपालको स्कोर ३९ रन हुदा ५ विकेट गुमायो । आरिफ शेख मात्र दुई रनमा आउट भए । तर नेपालका स्कोर ८१ रन हुदा नेपालले छैटौ विकेट खेर फाल्यो । सोमपाल कामी १८ रनमा पेभेलियन फर्किए ।

उनले पारससँग मिलेर ४२ रनको साझेदारी गरेका थिए । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६३ रनको योगदान गरे । तर नेपालको एक सय रन हुदा पारस पनि आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest