नेपाल विरुद्द खराव बलिङ एक्सनका कारण जिम्बावेका ब्रायन प्रतिबन्धमा

नेपालविरुद्धको खेलमा खराव एक्सनले बलिङ गरेको भन्दै जिम्बाबेका बलर ब्रायन भिटोरीलाई आइसीसीले तत्काल देखि लागु हुने गरि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध लगाएको छ ।

गत फागुन २० गते भएको नेपालसँगको खेल पछि अफिसियलहरुले उनको बलिङ एक्सनका बारेमा उजुरी गरेका थिए । आइसीसीको नियम ३.६.२ अनुसार अफिसियलको रिपोर्ट पछि गत मंगलबार अफगानिस्तानसँगको उनको बलिङ एक्सन रेकर्ड गरिएको थियो ।
भिडियो रेकर्डको विश्लेषण अनुसार आइसीसीको विश्वकप छनौटको इभेन्ट प्यानलले उनको बलिङ एक्सनलाई आइसीसीको नियम विपरित भएको पाएको थियो ।

आइसीसीले उनलाई अनिश्चितकालका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध लगाए पनि भिटोरीले आइसीसीको बलिङ टेस्ट सेन्टरमा गएर टेस्ट दिन पाउने आइसीसीले उल्लेख गरेको छ ।

भिटोरीले नेपालविरुद्ध ८ ओभर बलिङ गर्दै बसन्त रेग्मी र रोहित पौडेललाई आउट गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest