अफगानिस्तान विरुद्दको खेल नेपालका लागि ‘डु ओर डाई’

आइसीसी विश्वकप छनोट अन्तर्गत नेपालले केहि बेरमा चिरप्रतिद्धन्द्धी अफगानिस्तानसँग खेल्नेछ । प्रतियोगिताको सुपरसिक्समा स्थान बनाउन नेपालका लागि गर या मरका रुपमा यो खेल रहेको छ ।

जिम्बावेको बुलायाओ स्थित एथ्लेटिक क्लवमा हुने खेल नेपाली समय अनुसार दिउसो सवा एक बजेबाट हुनेछ । पुर्व निर्धारीत तालिका अनुसार यो खेल क्विन्स स्पोर्टस क्लव हुन भनिएपनि आइसीसीले दर्शकको सुरक्षाका कारण अन्तिम समयमा मैदान परिवर्तन गरेको हो ।

अफगानिस्तान एसोसियट राष्ट्र हुदा देखि नै नेपालको चिर प्रतिद्धन्द्धी हो । तर जारी प्रतियोगितामा लगातार तीन खेलमा हार ब्यहोर्दै अफगानिस्तानको सुपरसिक्समा पुग्ने सम्भावना न्युन बनेको छ ।

तर नेपालले भोली अफगानिस्तानलाई हराएमा अन्तिम खेलमा हङकङलाई पनि पराजित गरेमा सुपरसिक्समा पुग्नेछ । तर एक खेल हारेपनि नेपालको सुपरसिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ ।

यता अफगानिस्तानले नेपाललाई हराएमा र हङकङ जिम्बावेसँग पराजित भएमा पनि नेपाल र हङकङको खेलको नजिता कुर्नुपर्ने हुन्छ । यदि अन्तिम खेलमा हङकङलाई नेपालले हराएमा रनरेटका आधारमा सुपरसिक्समा पुग्ने तेस्रो टिमको टुङगो लाग्नेछ ।

नेपाल र अफगानिस्तान ५० ओभरको खेलमा अहिलेसम्म ६ पटक खेलेका छन । जसमा नेपालले एक खेलपनि जित्न सकेको छैन । सन् २००६ मा भएको आइसीसी ट्रफिको तेस्रो स्थानको लागि भएको खेलमा नेपाल अफगानिस्तानसँग ६४रनले पराजित भएको थियो । त्यसपछि २००८ मा डिभिजन फाइवमा नेपाल अफगानिस्तानसँग ३७ रनको हार ब्यहोरेको थियो । २००८ र २०१० कै एसीसी ट्रफिको फाइनलमा अफगानिस्तानले नेपाललाई ३ विकेट र ९५ रनले पराजित गरेको थियो ।

नेपाल भर्सेस अफगानिस्तान हेड टु हेड

२००६ आइसीसी ट्रफी तेस्रो स्थान प्लेअफ फाइनल
अफगानिस्तान २७०/८ ५० ओभर नेपाल ११५/ ३७.४ ओभर
अफगानिस्तान डिएलमा ६४ रनले विजयी


२००८ आइसी डब्लुसिएल डिभिजन ५ सेमिफाइनल
अफगानिस्तान १४२ -४९.३ ओभर नेपाल १०५ -४५.५ ओभर
अफगानिस्तान ३७ रनले विजयी


२००८ एसीसी ट्रफी इलाइट तेस्रो स्थान
नेपाल २१०/८ ५० ओभर नेपाल २१३/७ ४८.२ ओभर
अफगानिस्तान ३ विकेटले विजयी

२०१० एसीसी ट्रफी इलाइट फाइनल
अफगानिस्तान २२४ -५० ओभर नेपाल १२९ -४० ओभर
अफगानिस्तान ९५ रनले विजयी

२०१३ एसीसी इएमर्जिङ कप
अफगानिस्तान १६९/९ -५० ओभर नेपाल १५७ -४५.३ अफगानिस्तान डिएलमा ३ रनले विजयी

२०१४ एसीसी प्रिमियर लिग
नेपाल १२८/९ -३२ ओभर अफगानिस्तान २६२ -४९.३ ओभर
अफगान डिएलमा १०८ रनले विजयी

जारी प्रतियोगितामा नेपालले बलिङमा राम्रो प्रदर्शन गरेपनि ब्याटिङमा निकै चुक्दै आएको छ । भोलीको खेलमा नेपालले ब्याटिङमा सुधार गर्न सकेमा अफगानिस्तानलाई हराउन त्यति गाह्रो भने हुने छैन । त्यसमा पनि नेपाललाई अर्को फाइदा मोहम्मद सहजाद नहुनु पनि हुनेछ ।

किनकी लगातार तीन खेलमा पराजित भएर प्रतियोगिताबाट नै बाहिरीने होमी भन्ने मानसिक तनाव नेपाललाई भन्दा अफगानिस्तानलाई धेरै रहेको छ । त्यसको फाइदा नेपालले लिन सक्नेछ ।

तर अफगानिस्तानको बलिङमा नेपालले होसियार अपनाउन जरुरी छ । किनकी यो मैदानमा नेपालले पहिलो पटक खेल्दैछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest