न्युजिल्याण्ड विरुद्धको पाँच खेलको श्रृखला ३-२ ले जित्यो

न्युजिल्याण्ड विरुद्धको अन्तिम एकदिवशीय खेलमा घरेलु टिमलाई इंग्ल्याण्ड ७ विकेटले विजयी भएको छ ।

जितसँगै इंग्ल्याण्डले पाँच खेलको श्रृखला ३-२ ले जितेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले ४९ ओभर ५ बलमा २२३ रनमा अलआउट भयो ।

न्युजिल्याण्डका लागि मिचेल सान्टनरले ६७ रन र हेनरी निकोल्सले ५५ रनको अर्धशतकिय पारी खेल्दा मार्टिन गुप्टिलले ४७ रन जोडे ।

बलिङ तर्फ क्रिस वक्स र अदिल रसिदले ३–३ विकेट लिए भने टम कुरानले २ विकेट लिए ।

जोनी बेइस्र्टोको सतकमा इंग्ल्याण्डले ३२ ओभर ४ बलमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उनले ६० बलमा १०४ रन बनाए ।

बेइस्र्टोले ६० बलमा ६ टक्का र ९ चौका प्रहार गरे भने एलेक्स हल्सले ६१ रनको योगदान दिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest