शरद चोटका कारण पहिलो ११ मा परेनन्

अफगानिस्तान विरुद्धको खेलमा भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर चोटका कारण टिममा अटाएनन् ।

नेपालका लागि निकै महत्वपुर्ण खेलमा शरदलाई ह्याम्ट्रिङ इन्जुरी भएका कारण प्लेइङ सेटमा परेनन् । उनको स्थानमा करण केसीलाई टिममा ल्याइएको हो । अब समुहको अन्तिम खेलमा जुन हङकङ विरुद्ध हुनेछ त्यसमा शरदको चोट ठिक हुने आशा गरिएको छ ।

नेपालले आजको खेलमा जित निकालेमा सुपरसिक्समा पुग्ने सम्भावना जिवितै हुनेछ । यदि पराजित भएमा साे सपना चकनाचुर हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest