पारसको ‘लिष्ट ए’ मा आठौ‌ अर्धसतक

नेपाली राष्टिय क्रिकेट टोलीका कप्तान पारस खड्काले लिस्ट ‘ए’ मा आठौ अर्धसतक बनाएका छन ।

स्कटल्याण्ड विरुद्धको खेलमा पनि कप्तानी पारी खेल्दै ६३ रन बनाएका पारसले आजपनि टिमका लागि उत्कृष्ट पारी खेले । सात रन हुदा पहिलो विकेट गुमाइसकेको नेपालको पारीलाई पारसले सम्हालेका छन ।

उनले ५६ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५० रन पुरा गरे ।

अघिल्लो खेलमा लिष्ट ए मा हजार रन पुरा गरेका पारसले ३१ खेलमा २ सतक र ८ अर्धसतक बनाएका छन ।

लिष्ट ए मा एक हजार रन बनाउने पहिलो नेपाली ब्याटम्यानको कीर्तिमान बनाउन सफल भएका हुन् । पारस लिष्ट लिए मा एक हजार पुरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । पारस जिम्बाबेको खेलमा यो सफलता पाउन मात्र ९ रनले चुकेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest