नेपालको १०० रन पुरा, पारस र ज्ञानेन्द्रको ८७ रनको साझेदारी

आइसीसी विश्वकप छनोट अन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङको निर्णय गरेको छ ।

जिम्बावेको बुलाआयो स्थित एथ्लेटिक क्लवमा हुने खेलमा नेपाल र अफगानिस्तानका लागि निकै महत्वपुर्ण छ। आजको टिममा करण केसीलाई टिममा राखिएको छ ।

दिलिप नाथको स्थानमा अनिल शाहलाई टिममा राखिएको छ । साथै अनुभवी खेलाडी शरद भेषावकरलाई पनि रिप्लेस गरिएको छ । तर नेपालले आजपनि सुरुवात राम्रो गर्न सकेन ।

नेपालको स्कोर १३ रन हुदा अनिल शाह ब्यक्तिगत ७ रनमा आउट भए । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ८७ रनको साझेदारी गर्दै नेपालको स्कोर १०० रन पुर्याए । पारस ६९ र ज्ञानेन्द्र २१ रनमा खेलिरहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest