नेपाललाई पाँचौ झट्का, दिपेन्द्र ३२ रनमा आउट

आइसीसी विश्वकप छनोट अन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले आजपनि सुरुवात राम्रो गर्न सकेन ।

नेपालको स्कोर १३ रन हुदा अनिल शाह ब्यक्तिगत ७ रनमा आउट भए । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ९२ रनको साझेदारी गर्दै नेपालको पारी सम्हालेका थिए ।

तर ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भएपछि नेपालले १०५ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि नेपालको स्कोर १११ रन हुदा नेपाललाई तेस्रो झट्का लाग्यो । कप्तान पारस खड्का ७५ रनका पेभेलियन फर्किए ।

पारस आउट भएपछि नेपालका रोहित पौडेल मात्र १ रनमा आउट भएपछि नेपालले १ सय २३ रनमा चार विकेट गुमायो । नेपालको स्कोर १४९ रन हुदा दिपेन्द्र सिह एरी ३२ रनमा आउट हुँदा नेपालले पाँचौ विकेट गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest