नेपाललाई एकदिवसीय मान्यता पाउने २ बाटो

एकदिवसीय मान्यता पाउने २ टोली लगभग पक्का हुँदा अब नेपाल, हङकङ र पिएनजीमध्ये एक टिमले एकदिवसिय मान्यता पाउने मौका बाँकि छ । दौडमा अफगानिस्तानलाई हराएको हङकङ सबैभन्दा अघि छ ।

नेपाल २ र पिएनजी ३ खेल हारेर अंकविहीन छन् । यस्तो अवस्थामा हङकङले नेपाललाई हराए पुग्छ । तर नेपालले बाँकी २ खेलमा अफगानिस्तान र हङकङ दुवैलाई हराउनुपर्ने हुन्छ । अझ हङकङले जिम्बाब्वेलाई हराउन सके नेपालले बाँकी दुई खेल जितेर पनि रनरेटको भर पर्नुपर्ने अवस्था आउनसक्छ ।

नेपालसामु दुई मात्र बाटो

पहिलो : समूहका दुवै खेल जित्ने

समूहमा अफगानिस्तान र हङकङसँग जित्दा नेपाललाई एकदिवसीय मान्यता मात्र होइन सुपरसिक्समा पुग्नेछ ।

तर हङकङले जिम्बाब्वेलाई हराउन सके दुई खेल जितेर पनि नेट रनरेटमा अघि रहनुपर्ने हुन्छ । नेपालको नेट रनरेट -१.६ र हङकङको -०.८ मा छ । हङकङले जिम्बाब्वेलाई जितेको खण्डमा नेपाललाई दुवै खेलमा प्रभावशाली जित आवश्यक पर्नसक्छ ।

दोस्रो :सातौं हुने

स्कटल्याण्डजस्तै युएई र हङकङले पनि सुपरसिक्समा स्थान बनाए भने यो बाटो सबैका लागि बन्द हुनेछ । यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौं हुने टिमले एकदिवसीय मान्यता पाउनेछ । सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रश प्लेअफ हुनेछ । समूह ‘ए’मा चौंथो हुने टोलीले समूह ‘बी’को पाँचौं र समूह ‘बी’मा चौंथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन् ।

दुवै खेल जित्ने टोलीले सातौं स्थानका लागि खेल्नेछन्,भने हार्ने दुईले नवौं स्थानका लागि आमनेसामने हुनेछन् । यदि प्लेअफको पहिलो खेल जितेमा सातौं स्थानका लागि हुने खेल पनि जितेर एकदिवसीय मान्यता पाउन सकिन्छ । स्मरण रहोस्, त्यसका लागि स्कटल्याण्डजस्तै युएई र हङकङ दुवै सुपरसिक्समा पुग्नुहुँदैन, एक टिम असफल हुनुपर्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest