आइसीसी विश्वकप छनोट अन्तर्गत नेपालले अफगानिस्तानलाई एक सय ९५ रनको लक्ष्य दिएको छ ।
जिम्बावेको बुलाआयो स्थित एथ्लेटिक क्लवमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा एक सय ९४ रनमा अलआउट भयो ।
नेपालले आजपनि सुरुवात राम्रो गर्न सकेन । नेपालको स्कोर १३ रन हुदा अनिल शाह ब्यक्तिगत ७ रनमा आउट भए । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ९२ रनको साझेदारी गर्दै नेपालको पारी सम्हालेका थिए ।
तर ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भएपछि नेपालले १०५ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि नेपालको स्कोर १११ रन हुदा नेपाललाई तेस्रो झट्का लाग्यो । कप्तान पारस खड्का ७५ रनका पेभेलियन फर्किए । पारस आउट भएपछि नेपालका रोहित पौडेल मात्र १ रनमा आउट भएपछि नेपालले १ सय २३ रनमा चौथो विकेट गुमायो ।
नेपालको स्कोर १४९ रन हुदा दिपेन्द्र सिह एरी ३२ रनमा आउट हुँदा नेपालले पाँचौ विकेट गुमायो । त्यसपछि नेपालको स्कोर १७९ रन हुँदा नेपालले लगातार २ विकेट गुमायो । आरीफ शेख २३ रनमा आउट हुदा सोमपाल कामी ९ रनमा पेभेलियन फर्किए । पुछारका खेलाडी करन केसी ६ र बसन्त रेग्मीले ९ रनको योगदान दिए । बलिङ तर्फ मोहम्मद नाबीले ४ विकेट लिए ।