रुविनाको टिम मिलन क्रिकेट एकेडेमीले जित्यो, महिला लिगको उपाधि

चितवनमा सम्पन्न टी–२० महिला क्रिकेट लिगको उपाधि मिलन क्रिकेट एकेडेमीले जितेको छ । फाइनलमा विभागिए टिम सशस्त्र प्रहरीको एपिएफ क्लवलाई हराउँदै उपाधि हात पार्यो ।

चितवनको रत्ननगरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मिलन एकेडेमीले २० ओभरमा ३ विकेट गुमाउदै एक सय ३२ रन बनायो ।

उसका लागि कप्तान रुविना क्षेत्रीले ६ चौकार र ४ छक्काको मद्दतले ६७ रन बनाए भने काजल श्रेष्ठले २९ तथा निरु थापाले सात रन बनाए ।

जवाफमा एपिएफ २० ओभरमा ६ विकेट गुमाउदै एक सय नौ रनमा रोकियो । एपिएफका लागि सरिता मगरले ३७ तथा इन्दु बर्माले ३० र करुणा भण्डारीले १८ रनको योगदान गरेपनि टिमलाई हारबाट बचाउन सकेनन ।

प्रतियोगिताको प्लेयर अफ द सिरीज रुविना क्षेत्री भइन भने बेष्ट ब्याट्सउमन सिता रानामगर, बेष्ट बलर सान्ती चौधरी र बेष्ट किपर काजल श्रेष्ठ बनिन ।

उपाधि विजेता मिलन एकेडेमीले ५० हजार रुपैया हात पार्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest