नेपालले लियो चौथो विकेट, दिपेन्द्रले लिए २ विकेट

नेपालले दिएको १९५ रनको लक्ष्य पक्ष्याएको अफगानिस्तानले २८ रन हुदा पहिलो विकेट गुमायो । उसका कप्तान रासिद खानलाई २१ रनमा करण केसीले आउट गरे ।

दोस्रो विकेटका लिग जाभेद अहमेद र रहमान शाले ५५ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । तर सन्दिप लामिछानेले जाभेदलाई २६ रनमा आउट गरेपछि अफगानिस्तानले ९३ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि दिपेन्द्र सिह एरीले रहमात खानलाई ४६ रनमा आउट गरेपछि अफगानिस्तानले १ सय ११ रनमा तेस्रो विकेट गुमायो ।

अफगानिस्तानका मोहम्मद नावी ३४ रनमा आउट हुदा नेपालले १५० रनमा अफगानिस्तानको चार विकेट लिन सफल भयो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest