Cricnepal.com
Sunday, January 24, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित, सुपरसिक्समा पुग्ने गणितीय सम्भावना मात्र

by cricnepal.com Staff
March 10, 2018 - Updated on March 12, 2018
0

आइसीसी विश्वकप छनोट अन्तर्गत नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ । आज भएको समुहको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भयो । हारपछि नेपालको सुपरसिक्समा पुग्ने गणितीय सम्भावना मात्र बाँकि छ ।

जिम्बावेको बुलाआयो स्थित एथ्लेटिक क्लवमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा एक सय ९४ रनमा अलआउट भयो । नेपालका लागि कप्तान पारस खड्काले कप्तानी पारी खेल्दै ७५ रन बनाए । लिष्ट ए मा आठौ अर्धसतक बनाउने क्रममा पारसले ८२ बलमा १० चौका एक छक्का प्रहार गरे ।

तर नेपालको ओपनिङ जोडी आजपनि फ्लप बन्यो । दिलिप नाथको स्थानमा ओपनिङको जिम्मेवारी पाएका अनिल शाह मात्र ७ रनमा आउट हुदा नेपालले १३ रनमा पहिलो विकेट गुमायो । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ९२ रनको साझेदारी गर्दै नेपालको पारी सम्हालेका थिए । तर ज्ञानेन्द्र मल्ल २३ रनमा आउट पेभेलियन फर्किदा नेपालले दोस्रो विकेट गुमायो । नेपालको स्कोर १११ रन हुदा कप्तान पारस आउट भए ।

एक समय राम्रो स्थानम रहेको नेपालले अरु ८३ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो । नेपालका लागि दिपेन्द्र सिह एरी ३२, आरीफ शेख २३, सोमपाल कामी र बसन्त रेग्मीले ९-९ रन बनाए । यस्तै जारी प्रतियोगितामा पहिलो खेल खेलेका करण केसीले ६ रन बनाए । बलिङ तर्फ मोहम्मद नाबीले ४ विकेट लिए भने रासिद खानले ३ विकेट लिए ।

जवाफमा अफगानिस्तानले ३८ ओभर ४ बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका लागि रासिद खानलाई २१, जाभेद अहमेद २६ रन, रहमात खानलाई ४६ तथा मोहम्मद नावी ३४ रनको योगदान गरे ।

हारपछि नेपालले सुपरसिक्समा पुग्ने सम्भावना गणितीए रुपमा मात्र बाँकी छ । अब नेपालले समुहको अन्तिम खेलमा हङकङलाई भारी अन्तरले हराउनु पर्नेछ ।

अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएमा नेपालको सम्भावना समाप्त हुनेछ भने जित निकालेमा अफगानिस्तान हङकङ र नेपालको समान दुई दुई अङक हुनेछ । जसमा रनरेटका आधारमा सुपरसिक्समा पुग्ने तेस्रो टिमको टुङगो लाग्नेछ ।

Tags: AfghanistanNepal

सम्बन्धित समाचार

अफगानिस्तानी खेलाडीले बिग ब्यास लिग बिचमा छाेड्ने

अफगानिस्तानका स्पिनर मुजीबलाई कोरोना पोजेटिभ

रासिद खानले ‘द हन्ड्रेड’ खेल्ने पक्का

आयरल्याण्ड विरुद्धको तीन टी २० खेलका लागि अफगानिस्तानले टिमको घोषणा

अफगानिस्तान क्रिकेट बोर्डले फेरी टिमको कप्तान परिवर्तन

विश्वकपमा घरेलु टिम इंग्ल्याण्डले चौथो जित

Load More
Next Post

श्रीलंका विरुद्द बंगलादेशको किर्तीमानी जित

प्लेअफमा पुग्न नेपालको अंकगणितमा यस्तो छ झिनो आशा

मुख्य समाचार

बागमती पीएम कपको सेमिफाइनल नजिक

सन्दिपको टिमको अर्को हार

प्रदेश एकको पीएम कपमा सान्त्वना जित

January 23, 2021
Match 16
SUD
62/10
LUM
64/4
Scorecard | Series Home
January 23, 2021
Match 15
APF
218/10
Karnali
147/10
Scorecard | Series Home
January 22, 2021
Match 14
PRO-2
179/10
BAG
181/4
Scorecard | Series Home
January 22, 2021
Match 13
PRO-1
215/9
Karnali
156/10
Scorecard | Series Home
January 21, 2021
Match 11
NPC
310/4
LUM
236/7
Scorecard | Series Home
January 21, 2021
Match 12
Gandaki
106/10
APF
107/4
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal