श्रीलंका विरुद्द बंगलादेशको किर्तीमानी जित

भारत, श्रीलंका र बंगलादेश सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरीजको तेस्रो टी–२० खेलमा बंगलादेशले श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ ।

कोलम्बोमा गएराति भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो ।

उसका लागि कुशल परेराले ७४ तथा कुशल मण्डिसले ५७ र उपल थरङगाले ३२ रनको योगदान गरे । बलिङ तर्फ बंगशलादेका मुस्ताफिकुर रहमानले ३ तथा महमुदुल्लाहले २ विकेट लिए ।

जवाफमा किर्तीमानी लक्ष्य बंगलादेशले १९ ओभर ४ बलमा ५ विकेट गुमाउदै पुरा गर्यो । उसको जितमा मुस्किफुर रहिमले अविजीत ७२ तथा तमिम इक्वालले ४७ र लिटोन दाशले ४३ रन बनाए ।

यस्तै सौम्य सरकारले २४ र कप्तान ममुदुल्लाहले २० रनको योगदान गरे । टी–२० क्रिकेटमा बंगलादेशले पहिलो पटक यति ठुलो लक्ष्य पक्ष्याउदै जित निकालेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest