नेपालले आज हङहङसँग खेल्दै

आईसीसी विश्वकप छनोटको समुहको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्नेछ । नेपालले सुपरसिक्समा पुग्न हङहङलाई भारी अन्तरले हराएर अफगानिस्तानको रनरेटलाई पछि पार्नु पर्नेछ । यदि नेपाल झिनो अन्तरले विजयी भएमा अफगानिस्तान सुपरसिक्समा पुग्नेछ ।

नेपाल र हङहङ एक अर्काका चिरपरिचित टिम हुन । अहिलेसम्म यी दुई टिम १२ पटक खेलेका छन । जसमा छ खेल नेपालले जितेको छ भने पाँच खेल हङहङको पक्षमा गएकाे छ ।

यस्तो छ नेपाल र हङकङको हेड टु हेड

१९९६ एसीसी ट्रफी इलाइट
नेपाल १३७ -४९ ओभर हङकङ १३९/४ -३३.३ ओभर
हङकङ ६ विकेटले विजयी

१९९८ एसीसी ट्रफी इलाइट
नेपाल १५० -३८ ओभर हङकङ १५४/४ -२८.१ ओभर
हङकङ ६ विकेटले विजयी

२००० एसीसी ट्रफी इलाइट
हङकङ २६८/३ -५० ओभर नेपाल ८९ रनमै अलआउट २४ ओभर
हङकङ १७९ रनले विजयी

२००६ एसीसी ट्रफी इलाइट
नेपाल २११/७ -५० ओभर -१२४ ४३.३ ओभर
नेपाल ८७ रनले विजयी

२००८ एसीसी ट्रफी इलाइट
नेपाल २४५/७ -५० ओभर हङकङ २०१/९ -५०ओभर
नेपाल ४४ रनले विजयी

२०१० एसीसी ट्रफी इलाइट
नेपाल २३६/७ -५० ओभर हङकङ ११८ -३३.४ ओभर
नेपाल ११८ रनले विजयी

२०१२ एसीसी ट्रफी इलाइट
नेपाल २२५/५ ५० ओभर, हङकङ १०० -३७ ओभर
नेपाल १२५ रनले विजयी

२०१४ एसीसी प्रिमियर लिग
हङकङ १८१ -४१.५ नेपाल १४७/३ -३४.१
नेपाल डिएलमा ७ विकेटले विजयी

२०१४ वर्ल्डकप क्वालिफायर
नेपाल १५० -४९.३ ओभर हङकङ १५४ -३३.२ ओभर
हङकङ १० विकेटले विजयी

२०१७ एसीसी इमर्जिङ कप
हङकङ २१४ -५० ओभर नेपाल २२०/३ -४४.२ ओभर
नेपाल ७ विकेटले विजयी

२०१७ डब्लुसिएल
हङकङ १९४ -५० ओभर नेपाल १११ -३४.५ ओभर
हङकङ ८३ रनले विजयी

२०१७ डब्लुसिएल रद्द

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest