त्रिकोणात्मक टी–२० सिरीजमा भारतले अर्को जित

श्रीलंका र बंगलादेश सम्मिलित त्रिकोणात्मक टी–२० सिरीजमा भारतले अर्को जित निकालेको छ । गएराति भएको खेलमा भारतले श्रीलंकालाई ६ विकेटले पराजित गर्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले १९ ओभरमा नौ विकेट गुमाउदै १५२ रन बनायो ।

उसका लागि कुशल मन्डिसले ५५ तथा उपल थरंगाले २२ तथा दसुन सनाकाले १९ रनको योगदान गरे । बलिङ तर्फ भारतका सरदुल ठाकुरले ४ विकेट लिए ।

जवाफमा भारतले १७ ओभर ३ बलमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

भारतको जितमा मनिश पाण्डेले अविजीत ४२ तथा दिनेश कार्तीकले अविजीत ३९ रन बनाए । यस्तै सुरेश रैनाले २७ र लोकश राहुलले १८ रन थपे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest