एकदिवसिय मान्यता पाए नेपाललाई यस्तो फाइदा हुन्छ

आईसीसी एकदिवसिय विश्वकप छनोटको सुपरसिक्समा पुग्न नसकेको नेपाली क्रिकेट टिमलाई एकदिवसिय मान्यता पाउने सम्भावना भने अझै जिवितै रहेको छ । तर त्यसका लागि नेपाललाई २ वटा मौका फेरी आएको छ । त्यो हो विपक्षीलाई हराउनु ।

आफनो समुहको चौथो स्थानमा रहेको नेपालले प्लेअफमा अब पपुवा न्युगिनीसँग खेल्नेछ । यता समुह ए को चौथो स्थानमा रहेको नेदरल्याण्ड्सले हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

यदि नेपालले पपुवा न्युगिनीलाई हराएमा र नेदरल्याण्ड्सले हङकङलाई पराजित गरेमा नेपालले चार बर्षका लागि एक दिवसिय मान्यता पाउनेछ ।

तर नेपाल पराजित भएमा त्यो सम्भावना समाप्त हुनेछ । यदि नेपाल विजयी भएमा र अर्को खेलमा हङकङले नेदरल्याण्डस्लाई हराएमा सातौ स्थानको प्लेअफका लागि नेपाल र हङकङ खेल्नेछन ।

जसबाट एकदिवसिय मान्यता पाउने टिमको टुङगो लाग्नेछ ।

नेपालले एक दिवसिय मान्यता पाएमा के फाइदा हुन्छ ।

क्रिकेटमा अहिले १२ वटा टेष्टसंगै नेदरल्याण्डस्सँग एक दिवसिय मान्यता रहेको छ । विश्वकप छनोटमा पुछारमा रहेपनि नेदरल्याण्ड्सले विश्व क्रिकेट लिग च्याम्पियनसिपको नाताले एक दिवसिय मान्यता कायमै राख्नेछ ।

त्यसबाहेक सुपरसिक्समा पुगेका स्कटल्याण्ड र युएईसँग अब एकदिवसिय मान्यता हुनेछ । जसमा अहिले कुल १५ टिमसँग एकदिवसिय मान्यता रहेको छ । अब १६ औ टिमका लागि नेपाल हङकङ र पपुवा न्युगिनी विच प्रतिस्पर्धा हुनेछ ।

यदि नेपालले एकदिवसिय मान्यता पाएमा पहिलो फाइदा नेपाल आइसीसीको एकदिवसिय बरियतामा समावेश हुनेछ । 

साथै नेपालका खेलाडीहरु पनि एकदिवसिय बरियतामा समावेश हुनेछन ।

एकदिवसिय मान्यता पाएका देशहरु विच आइसीसीले त्रिकोणात्मक वा अन्तराष्ट्रिय सिरीज राख्न सक्छ । जसमा नेपालले एकदिवसिय मान्यता पाएमा खेल्न पाउनेछ ।

यस्तै आइसीसीसँग सहकार्य गरेर आफैले पनि एकदिवसिय श्रृखंलाको आयोजना गर्न सक्छ । तर नेपालमा क्रिकेटको आधिकारीक निकाय नहुदा तत्कालका लागि केहि कठिन भने हुनेछ ।

एकदिवसिय मान्यता पाएपछि नेपालले इन्टरकन्टिनेन्टल खेल जुन चार दिनको हुन गर्छ त्यो खेल्न पाउनेछ ।

आइसीसीबाट आउने अनुदानमा पनि निकै बृद्धी हुनेछ । जसमा खेलाडीको म्याच फि, खेलाडीको सुविधामा पनि बृद्धी हुनेछ ।

एकदिवसिय मान्यता पाएका देशले आयोजना गरेका घरेलु लिगको मापदण्ड पुरा भएमा आइसीसीले लिष्ट ए को मान्यता पनि दिन सक्छ ।

योसंगै एकदिवसिय मान्यता पाएमा टी ट्वान्टी मान्यता स्वतह पाइन्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest