नेपालले आज पिएनजीसँग खेल्दै, जितेमा एकदिवसिय मान्यता हारेमा डिभिजन टु मा घटुवा

आईसीसी एकदिवसिय विश्वकप छनोटको सुपरसिक्समा पुग्न नसकेको नेपाली क्रिकेट टिमले एकदिवसिय मान्यता पाउने लक्ष्यका साथ आज पपुवा न्युगिनीसँग खेल्नेछ ।

जिम्बावेको हरारे क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउसो सवा एक बजेबाट खेल हुनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शिर्ष चारमा परेर विश्वकप छनोटमा पुगेको पिएनजीले यो प्रतियोगितामा एक खेलपनि जित्न सकेन ।

वेष्ट इन्डिज, आयरल्याण्ड जस्ता टिम रहेको समुह ए मा परेको पिएनजीले चार खेलमा चारैमा पराजित भएको थियो । यता नेपालले समुह बीमा चार खेलमा तीनमा हार र अन्तिम खेलमा हङकङलाई हराउदै समुहमा चौथो स्थानमा रहेको थियो ।

हेड टु हेड हेर्ने हो भने नेपालले अहिलेसम्म पिएनजीलाई हराउन सकेको छैन । अन्तिम पटक यी दुई टिम विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेलेका थिए ।

जसमा नेपाल पहिलो खेलमा दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा तीन विकेटको हार ब्यहोरेको थियो । तर विश्वकप छनोटमा एक दिवसिय मान्यता पाउने लक्ष्यमा रहेको नेपालले भोली पिएनजीलाई हराउन सकेमा त्यो पुरा गर्नेछ ।

नेपालले पिएनजीसँग खेल्दा समुह ए को चौथो स्थानमा रहेको नेदरल्याण्ड्सले हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

यदि नेपालले पपुवा न्युगिनीलाई हराएमा र नेदरल्याण्ड्सले हङकङलाई पराजित गरेमा नेपालले चार बर्षका लागि एक दिवसिय मान्यता पाउनेछ । तर नेपाल पराजित भएमा त्यो सम्भावना समाप्त हुनुका साथै डिभिजन टु मा घटुवा हुनेछ ।

यदि नेपाल विजयी भएमा र अर्को खेलमा हङकङले नेदरल्याण्डस्लाई हराएमा सातौ स्थानको प्लेअफका लागि नेपाल र हङकङ खेल्नेछन । जसबाट एकदिवसिय मान्यता पाउने टिमको टुङगो लाग्नेछ ।

नेपालले एकदिवसिय मान्यता पाएमा पहिलो फाइदा नेपाल आइसीसीको एकदिवसिय बरियतामा समावेश हुनेछ । 

नेपालका खेलाडीहरु पनि एकदिवसिय बरियतामा समावेश हुनेछन ।

एकदिवसिय मान्यता पाएका देशहरु विच आइसीसीले त्रिकोणात्मक वा अन्तराष्ट्रिय सिरीज राख्न सक्छ । जसमा नेपालले एकदिवसिय मान्यता पाएमा खेल्न पाउनेछ ।

आइसीसीसँग सहकार्य गरेर आफैले पनि एकदिवसिय श्रृखंलाको आयोजना गर्न सक्छ । तर नेपालमा क्रिकेटको आधिकारीक निकाय नहुदा तत्कालका लागि केहि कठिन भने हुनेछ ।

एकदिवसिय मान्यता पाएपछि नेपालले इन्टरकन्टिनेन्टल खेल जुन चार दिनको हुन गर्छ त्यो खेल्न पाउनेछ ।

आइसीसीबाट आउने अनुदानमा पनि निकै बृद्धी हुनेछ । जसमा खेलाडीको म्याच फि, खेलाडीको सुविधामा पनि बृद्धी हुनेछ ।

एकदिवसिय मान्यता पाएका देशले आयोजना गरेका घरेलु लिगको मापदण्ड पुरा भएमा आइसीसीले लिष्ट ए को मान्यता पनि दिन सक्छ ।

योसंगै एकदिवसिय मान्यता पाएमा टी ट्वान्टी मान्यता स्वतह पाइन्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest