डिपिएललाई आईसीसिको मान्यता

आगामी चैत्र १७ गतेदेखि धनगढीमा सुरु हुने सर्वाधिक धन रासिको धनगढी प्रिमियर लिग डीपीएलको दोस्रो संस्करणलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीले मान्यता दिएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले आज एक विज्ञप्ति सार्वजनिक गर्दै आइसीसीले मान्यता प्रदान गरेको जनाएको हो । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा रहेका बेला र नेपाली क्रिकेट आइसीसीले हेरिरहेका सन्दर्भमा नेपालमा हुने प्रतियोगिताहरुमा आइसीसीको अनुमति आवश्यक हुने गर्दछ ।

आइसीसीले डीपीएललाई मान्यता दिइएको बारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई जानकारी गराइसकेकाले नेपाली घरेलु प्रतियोगिताले अन्तराष्ट्रिय उचाई थप बढेको आफूहरुले विश्वास गरेको एकेडेमीका अध्यक्ष सुवास शाहीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । आइसीसीको मान्यतासँगै प्रतियोगिताका टोलीहरुलाई विदेशी खेलाडी ल्याउन सहज भएको छ ।

आयोजकले यसपटक प्रत्येक टोलीलाई दुई जना विदेशी खेलाडीहरु अनिवार्य गरेको थियो । प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढीले सहभागिता जनाउँदैछन्। । प्रतियोगिताको अक्सन गत फागुन ९ गते काठमाडौंमा सम्पन्न भइसकेको छ।

सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २५ तथा उपविजेताले १० लाख पाउँनेछन्। । यस्तै तेस्रो हुने टीमले तीन तथा चौथो हुने टोलीलाई दुई लाख दिइने यसअघि नै घोषणा भइसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest