नेपाललाई दोस्रो सफलता, करणले लिए विकेट

अन्तराष्ट्रिय एकदिवसिय मान्यता पाउने लक्ष्यका साथ नेपालले अहिले पपुवा न्युगिनीसँग खेलिरहेको छ ।

जिम्बावेको हरारे मैदानमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । आज पनि नेपालले हङकङ विरुद्धको सेटलाई नै मैदानमा उतारेको छ ।

आजपनि शरद भेषवाकर, शक्ति गौचनलाई विश्राम दिइएको छ । नेपालले राम्रो सुरुवात गरेको छ । पिएनजीको १२ रन हुदा सोमपाल कामीले आसाद भालालाई १० रनमा आउट गरे ।

त्यसपछि पिएनजीको स्कोर २९ रन हुदा करण केसीले टोनी उरालाई ११ रनमा आउट गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest