नेपाललाई चौथो सफलता, सन्दिपले लिए २ विकेट

आइसीसी विश्वकप छनोटको प्लेअफमा नेपालले पपुवा न्युगिनी विरुद्ध टस जितेर बलिङ गरिरहेको छ ।

जिम्बावेको हरारे मैदानमा जारी खेलमा नेपालले हङकङ विरुद्धको सेटलाई नै उतारेको छ । आजपनि शरद भेषवाकर, शक्ति गौचनलाई विश्राम दिइएको छ ।

जसमा नेपालले पिएनजीको १२ रन हुदा पहिलो विकेट लियो । सोमपाल कामीले आसाद भालालाई १० रनमा आउट गरे ।

त्यसपछि पिएनजीको स्कोर २९ रन हुदा करण केसीले टोनी उरालाई ११ रनमा आउट गरे । लगत्तै उसको स्कोर ५१ रन हुदा नेपालले तेस्रो सफलता हात पार्यो ।

साद सुपरलाई सन्दिप लामिछानेले ११ रनमा आउट गर्यो । पिएनजीका सीसी बाउ मात्र ४ रनमा आउट भएपछि उसले ५८ रनमा चौथो विकेट गुमायो । यसपटक पनि नेपालका लागि सन्दिपले विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest