सन्दिपको उत्कृष्ट बलिङमा पिनएजीले ६ विकेट गुमायो

आइसीसी विश्वकप छनोटको प्लेअफमा नेपालले पपुवा न्युगिनी विरुद्ध टस जितेर बलिङ गरिरहेको छ ।

जिम्बावेको हरारे मैदानमा जारी खेलमा नेपालले हङकङ विरुद्धको सेटलाई नै उतारेको छ । आजपनि शरद भेषवाकर, शक्ति गौचनलाई विश्राम दिइएको छ ।

जसमा नेपालल पिएनजीको १२ रन हुदा पहिलो विकेट लियो । सोमपाल कामीले आसाद भालालाई १० रनमा आउट गरे । त्यसपछि पिएनजीको स्कोर २९ रन हुदा करण केसीले टोनी उरालाई ११ रनमा आउट गरे । लगत्तै उसको स्कोर ५१ रन हुदा नेपालले तेस्रो सफलता हात पार्यो । साद सुपरलाई सन्दिप लामिछानेले ११ रनमा आउट गर्यो । पिएनजीका सीसी बाउ मात्र ४ रनमा आउट भएपछि उसले ५८ रनमा चौथो विकेट गुमायो ।

यसपटक पनि नेपालका लागि सन्दिपले विकेट लिए । महुरु दाईलाई मात्र ५ रनमा आउट गर्दै सन्दिपले नेपाललाई पाँचौ सफलता दिलाए । त्यसपछि किप्लिन दोरीगालाई १० रनमा आउट गरेपछि नेपालले ७८ रनमा ६ विकेट हात पार्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest