नेपालले ९ विकेट लियो, दिपेन्द्रले लिए ३ विकेट

आइसीसी विश्वकप छनोटको प्लेअफमा नेपालले पपुवा न्युगिनी विरुद्ध टस जितेर बलिङ गरिरहेको छ ।

जिम्बावेको हरारे मैदानमा जारी खेलमा नेपालले हङकङ विरुद्धको सेटलाई नै उतारेको छ । आजपनि शरद भेषवाकर, शक्ति गौचनलाई विश्राम दिइएको छ । जसमा नेपालल पिएनजीको १२ रन हुदा पहिलो विकेट लियो ।

सोमपाल कामीले आसाद भालालाई १० रनमा आउट गरे । त्यसपछि पिएनजीको स्कोर २९ रन हुदा करण केसीले टोनी उरालाई ११ रनमा आउट गरे । लगत्तै उसको स्कोर ५१ रन हुदा नेपालले तेस्रो सफलता हात पार्यो । साद सुपरलाई सन्दिप लामिछानेले ११ रनमा आउट गर्यो । पिएनजीका सीसी बाउ मात्र ४ रनमा आउट भएपछि उसले ५८ रनमा चौथो विकेट गुमायो । यसपटक पनि नेपालका लागि सन्दिपले विकेट लिए ।

महुरु दाईलाई मात्र ५ रनमा आउट गर्दै सन्दिपले नेपाललाई पाँचौ सफलता दिलाए । त्यसपछि किप्लिन दोरीगालाई १० रनमा आउट गरेपछि नेपालले ७८ रनमा ६ विकेट हात पार्यो । लगत्तै पिएनजीको स्कोर एक सय ६ रन हुँदा नेपालले सातौ विकेट लियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले विकेट लिए ।
पिएनजीको विकेट लिने क्रम यतिमा रोकिएन । उसले ११३ रन बनाउँदा ८ विकेट गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest