नेपाललाई ११५ रनको लक्ष्य, सन्दिप र दिपेन्द्रले लिए ४-४ विकेट

आइसीसी विश्वकप छनोटको प्लेअफमा नेपालले पपुवा न्युगिनीबाट ११५ रनको लक्ष्य पाएको छ ।

जिम्बावेको हरारे मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजी २७ ओभर २ बलमा एक सय १४ रनमा अलआउट भयो । हङकङ विरुद्धको सेटलाई नै उतारेको नेपालका लागि सन्दिप लामिछाने र दिपेन्द्र ऐरीले उत्कृष्ट बलिङ गरे । जसका कारण पिएनजी सस्तैमा समेटियो ।

१२ रन हुदा पहिलो विकेट गुमाएको पिएनजील २९ रन हुदा दोस्रो विकेट खेर फल्यो । उसका आसाद भाला १० रनमा टोनी उरा ११ रनमा आउट भए । त्यसपछि सन्दिपले ब्यक्तिगत ४ किवेट लिएपछि पिएनजीको पारी पुरै धरापमा पर्यो । सन्दिपले बलिङका कारण ५१ रनमा तीन विकेट गुमाएको पिएनजी ६८ रन बनाउदा ६ विकेट खेर फाल्यो ।

सन्दिपले साद सुपरलाई ११ रनमा, सीसी बाउ मात्र ४ रनमा र महुरु दाईलाई मात्र ५ तथा किप्लिन दोरीगालाई १० रनमा पेभेलियन फर्काए ।

त्यसपछि दिपेन्द्र आउट गरेपछि नेपालले ७८ रनमा ६ विकेट हात पार्यो । त्यसपछि दिपेन्द्र ऐरीले पनि चार विकेट लिदै पिएनजीलाई सस्तैमा आउट गरे । उनले अमिनीलाई १९ तथा जेसोन किललाई १५ रनमा आउट गरे । बलिङमा सन्दिप र दिपेन्द्रले चार चार विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest