नेपालले वानडे छनौट अन्तर्गत सातौ स्थानको प्ले अफमा अहिले नेदरल्यान्डस संग खेलिरहेको छ ।
जिम्बावेको क्वे क्वे मैदानमा जारी खेलमा नेदरल्याण्डसले टस जितेर ब्याटिङ गरिरहेको छ । नेपाली टिममा आज एक खेलाडी परिवर्तन गरिएको छ ।
विश्वकप छनोटमा टिममा रहेपनि प्लेइङ सेटमा नपरेका शक्ति गौचन पहिलो पटक खेलिरहेका छन । बसन्त रेग्मीको स्थानमा उनलाई टिममा राखिएको छ ।
बलियो टिम नेदरल्याण्ड्स विरुद्ध नेपालले सुरुवातमा नै विकेट लिन सफल भयो । उसका ओपनर वेज्ले बारेसीलाई सोमपालले खाता खोल्न नपाउदै आउट गरे ।
त्यसपछि क्रिजमा आएका बेन कुपरलाई पनि सोमपालले शुन्य रनमा नै आउट गरेपछि नेदरल्याण्ड्सले ६ रनमा दोस्रो विकेट गुमायो ।