धोनीले पनि गरे नेपालको प्रशंसा

एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेट टिमलाई विश्वभरबाट बधाईको ओइरो आइरहेको छ । यसैविच भारतीय पुर्व कप्तान महेन्द्र सिंह धोनीले पनि नेपाल टिमको प्रसंशा गरेका छन्।

हिन्दुस्तान टाइम्सलाई शुक्रबार अन्तर्वार्ता दिएका धोनीले नेपाल टिमलाई बधाई दिंदै नेपालले एकदिवसीय मान्यता पाउनु क्रिकेटको विश्वव्यापी विकासका लागि पनि सकारात्मक बाटो भएको बताएका छन । नेपाल क्रिकेटको लागि यो निकै ठुलो सफलता भएको बताउँदै धोनीले एकदिवसीय मान्यता पश्चात नेपालमा क्रिकेट खेल्ने र संचालन गर्ने प्रकृया परिवर्तन आउनु पर्ने बताएका छन ।

साथै उनले आफु केहि बर्ष अगाडी नेपाल भ्रमणमा गएको स्मरण पनि गरे । यसका साथै उनले नेपाली क्रिकेट खेलाडी निकै मेहेनती भएको समेत बताए । उनले भनेका छन ” एकदिवसीय राष्ट्रको मान्यता नेपाली खेलाडीका लागि निकै ठुलो उपलब्धि भएको र खेलाडीको मेहेनतको परिणाम हो। मलाई लाग्दैन कि सानो राष्ट्रहरुको सहभागिताले अन्तराष्ट्रिय क्रिकेटको स्तरलाई धमिलो बनाउछ ” ।

प्लेअफमा बिहिबार पपुवा न्यु गिनीलाई पराजित गरेपछि हंगकंग र पपुवा न्यु गिनीलाई पछि पर्दै नेपालले पहिलो पटक एकदिवसीय राष्ट्रको मान्यता पाएको हो।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest