नेपाललाई चौथो सफलता, सन्दिपले लिए विकेट

नेपालले वानडे छनौट अन्तर्गत सातौ स्थानको प्ले अफमा अहिले नेदरल्यान्डस संग खेलिरहेको छ ।

जिम्बावेको क्वे क्वे मैदानमा जारी खेलमा नेदरल्याण्डसले टस जितेर ब्याटिङ गरिरहेको छ । बलियो टिम नेदरल्याण्ड्स विरुद्ध नेपालले सुरुवातमा नै विकेट लिन सफल भयो ।

उसका ओपनर वेज्ले बारेसीलाई सोमपालले खाता खोल्न नपाउदै आउट गरे । त्यसपछि क्रिजमा आएका बेन कुपरलाई पनि सोमपालले शुन्य रनमा नै आउट गरेपछि नेदरल्याण्ड्सले ६ रनमा दोस्रो विकेट गुमायो ।

दुई विकेट लिएका सोमपालले लिष्ट ए मा ५० विकेट पुरा गरेका छन ।

त्यसपछि नेदरल्याण्डस्का कप्तान पिटर बोरेनलाई सात रनमा आउट गरेपछि नेपालले ३७ रनमा तेस्रो विकेट लिन सफल भयो । यसपटक पनि सोमपालले नै विकेट हात पारे ।

नेपाली बलरसामु दबावमा आएको नेदरल्याण्ड्सले ४८ रन हुदा चौथो विकेट गुमायो । उसका ओपनर म्याक्सवेल प्याट्रिक २८ रनमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest