माईलस्टोन कलेज एक्सपर्ट कलेज प्रिमियर लिग सेमिफाइनलमा प्रवेश

माईलस्टोन कलेज एक्सपर्ट कलेज प्रिमियर लिग सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा माइलस्टोनले केसीसी कलेजलाई ६३ रनले हरायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको माईलस्टोनले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।

उसका लागी निरज पाल ठकुरी ५९ रन र अमित कुश्वाले २५ रन जोडेका थिए । बलिङ तफ केसीसीका सन्तोष शाहले ३ विकेट लिए ।

जवाफमा केसीसी १७.२ ओभरमा मात्र ८६ रनमा अलआउट भयो । उसका लागी संन्तोष साह र प्रमान्नद भट्टले समान १०– १० रन जोडेका थिए ।

माईलस्टोन कलेजका निरज पाल ठकुरी ४ ओभर १७ रन र ४ विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest