युनिभर्सिटी कप क्रिकेटको उपाधि टियुलाई

युनिभर्सिटी कप क्रिकेटको दोस्रो संस्करणको उपाधि टियुले जितेको छ । फाइनलमा डिएभी कलेजलाई ६ विकेटले हराउँदै टियु च्याम्पियन बनेको हो ।

किर्तीपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको डिएभीले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ४१ रन बनायो ।

उसका लागि सुधीर चौधरीले ६४ तथा सन्तोष पौडेलले ३५ रन बनाए । यस्तै सञ्जय बस्नेत १३ र विवेक रानामगरले १२ रनको योगदान गरे ।

४७ रन हुदा दुई विकेट गुमाएको डिएभीका लागि सुधीर र सन्तोषले तेस्रो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए । बलिङमा डिएभीका इसान पाण्डेले तीन विकेट लिए ।

जवाफमा टियूले १९ ओभर ३ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा रविन जोशीले ७१ तथा इसान पाण्डेले ५७ रन बनाए ।

दरिलो सुरुवात गरेको टियूले पहिलो विकेटका लागि एक सय २७ रनको साझेदारी गरेको थियो । बलिङ तर्फ डिएभीका नन्दन यादवले २ विकेट लिए ।

म्यान अफ द सिरीज इसान पाण्डे २५ हजार

उत्कृष्ट ब्याट्सम्यान आदिल खान डिएभी

उत्कृष्ट बलर सागर ढकाल टियू

इमर्जिङ खेलाडी महेश खत्री

प्रतियोगिताको विजेता टियूले दुई लाख रुपैयाँ तथा उपविजेता डिएभीले एक लाख रुपैयाँ हात पार्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest