१९० रनको लक्ष्य पक्ष्याएको नेपालको ८ विकेट झर्यो

एकदिवसिय छनौट अन्तर्गत सातौ स्थानको प्ले अफमा नेदरल्यान्डसबाट एक सय ९० रनको लक्ष्य पक्ष्याएको नेपालका ओपनर ज्ञानेन्द्र मल्ल मात्र ४ रनमा आउट भए ।

त्यसपछि ३३ रन हुँदा नेपालले दोस्रो विकेट खेर फाल्यो । अर्का ओपनर अनिल शाह ८ रनमा आउट भए ।

नेपालले ५१ रन बनाउँदा कप्तान पारस खड्का २२ रनका आउट भए । त्यसपछि लगातार २ विकेट गुमाएको नेपालले ६१ रनमा ५ विकेट गुमायो ।

नेपालका आरिफ शेख ५ र रोहित पौडेलले खाता खोल्न सकेनन । त्यसपछि शक्ति गौचन र दिपेन्द्र एेरी आउट भएपछि नेपालले ७६ रनमा ७ विकेट गुमायो ।

एकपछि अर्को विकेट गुमाएको नेपालले १०७ रन बनाउँदा आठौ विकेट खेर फाल्यो । करन केसी १३ रनमा पेभेलियन फर्किए ।

यसअघि जिम्बावेको क्वे क्वे मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ८९ रन बनायो ।

नेपाली बलरसामु सुरुवात देखि नै दबावमा रहेको नेदरल्याण्डसका कुनै पनि खेलाडीले बलियो साझेदारी गर्न सकेनन् । नेदरल्याण्ड्सको खातामा एक रन पनि नहुँदा नेपालले पहिलो विकेट लियो ।

त्यसपछि ६ रन हुदा नेदरल्याण्ड्सको दोस्रो विकेट झरयो । दुबै विकेट सोमपालले लिएका थिए । योसंगै सोमपालले लिष्ट ए मा ५० विकेट पनि पुरा गरे ।

३७ खेलमा सोमपालले विकेटको अर्धसतक पुरा गरे । एकपछि अर्को विकेट झारेको नेपालले विपक्षीको ३७ रन हुदा तेस्रो सफलता हात पार्यो ।

उसका लागि म्याक्सवेल प्याट्रिकले २८ तथा रे भान देर र स्कट इडवार्डले समान २५–२५ रनको योगदान गरे । यस्तै बास दे लीडीले ३९ रन बनाए ।

पिटर सिलरले सेन स्नाटरले समान २३–२३ रन बनाए । नेपालको कसिलो बलिङ सामु नेदरल्याण्ड्सले एक सय ७ रन बनाउदा सात विकेट गुमाएको थियो ।

बलिङ तर्फ सोमपाल कामीले ४ तथा सन्दिप लामिछाने र ललित राजबंशीले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest