नेपाली टिम सोमबार साँझ स्वदेश पुग्ने

एकदिवशीय मान्यता पाएको नेपाली क्रिकेट टिम सोमबार साझ स्वदेश फर्किने भएको छ ।

सन् २०२२ सम्मका लागि एकदिवशीय मान्यता पाएको नेपालले सोमबार साझ ६ बजे काठमाडौ पुग्नेछ ।

नेदरल्याण्ड्ससँग पराजित भएपछि नेपाल आठौ स्थानमा रहेपनि आफनो मुख्य लक्ष्य भने हासिल गर्न सफल भयो ।

नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्म कै ठुलो सफलता हात पारेको नेपाली टिमको स्वागतमा विमानस्थलमा समर्थकको भिड लाग्ने अपेक्षा गरिएको छ ।

यसका साथै क्रिकेटसँग सम्बन्धीत ब्यक्तिहरु पनि विमानस्थल पुग्ने बुझिएको छ । जिम्बावेबाट इमिरेट्स विमानमा युएई हुदै नेपाली टिम काठमाडौ ओर्लिने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest