क्रिकेट विवाद समाधान पहिलो प्राथमिकता- खेलकुदमन्त्री जगत

नवनियुक्ति युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले क्रिकेट विवाद समाधानलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

मन्त्री विश्वकर्माले नेपालले क्रिकेट इतिहासमै सबैभन्दा ठूलो सफलता हासिल गरेकोमा यस उपलब्धीलाई थप संस्थागत गर्न जारी क्रिकेट विवादको दिगो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘नेपाली क्रिकेटले हासिल गरेको यस ऐतिहासिक क्षणमा मैले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएको छु, मैले संकल्प गरिसकेको छु कि यो उत्साहलाई हामी चुक्न दिने छैनौं र क्रिकेट संघको विवाल यथासक्य छिटो समाधान गर्नेछौं ।’

मन्त्री विश्वकर्माले क्यान विवाद सरोकारवाला पक्षसँगको बिस्तृत छलफल र आईसीसीसँगको सुझावमा समाधान गरिने र त्यस निश्कर्षमा सबैको एकमत रहने बताए ।

‘विवाद समाधानका लागि हामीसँग समय कम छ, मैले क्रिकेट विवाद समाधानलाई नै पहिलो प्राथमिकतामा राखेको छु, मन्त्रीले भने, ‘समय पुगेन भने आईसीसीसँग समन्वय गरेर भए पनि छिट्टै समाधान गर्नेछु ।’

क्यान विवादको स्थायी समाधानपछि एकदिवशीय मान्यता अनुसारको संरचना विकास तथा भौतिक पूर्वाधार निर्माण तत्कालै सुरु गर्ने प्रतिबद्धता पनि मन्त्री विश्वकर्माले गरेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest