क्यान विशेष साधारण सभा बोलाउन कार्यसम्पादन समिती गठन

नेपाल क्रिकेट संघको निर्वाचित समितिले अन्तर्राष्ट्रिय क्रिकेट परिषदको निर्देशनअनुसार विशेष साधारणसभा बोलाउने प्रक्रियाका लागि कार्यसम्पादन समिति बनाउने निर्णय भएको छ ।

अध्यक्ष चतुरबहादुर चन्दलाई ५ सदस्यीय कार्यसम्पादन समिति बनाउने अख्तियारी दिईएको हो । अध्यक्ष चन्द सहित महासचिव अशोक प्याकुरेल सम्मिलत कार्यसम्पादन समितिले विशेष साधारणसभाको मिति तोक्नेछ।

आइसिसीले क्यानको संशोधित विधान अक्षरस पास गर्न भन्दै निर्वाचित समितिलाई मार्च २० तारिखसम्म विशेष साधारणसभा बोलाउन निर्देशन दिएको थियो। तर त्यो मिती भोलि सकिदैछ ।

अध्यक्ष चन्दले सोमबार महासचिव अशोकनाथ प्याकुरेलसहित ५ देखि ७ सदस्यीय समिति बनाएर चाँडै साधारणसभाको मिति तय गर्ने बताए।

‘समितिको काम भनेको साधारणसभाको मिति तय गर्ने र त्यसका लागि सार्वजनिक सूचना जारी गर्ने हो। तर त्यसपूर्व हामीले आइसिसीबाट केही सुनिश्चितता चाहेका छौं,’ चन्दले भने, ‘आइसिसीले पठाएको विधानमा उल्लेख गरिएको साधारण सदस्यताको व्यवस्था प्रस्ट पारिनुपर्छ। विधानसम्मत रूपमा बिनाविवाद सम्पन्न भएका जिल्ला संघको अधिवेशनलाई मान्यता दिनुपर्छ र हाल विद्यमान विधानका कारण साधारण सभाबाट नयाँ विधान पास गर्दा आउने सम्भावित प्राविधिक जटिलताको विषयमा पहिल्यै विश्वासको वातावरण बनाउनुपर्छ भन्ने हाम्रो भनाइ हो।’

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest