क्रिकेट विकाशको बाधकमा मुख्य जड क्यानको विवाद- प्रशिक्षक टमाटा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता टि–२० जस्तै खेर नजाओस् भन्ने चिन्ता व्यक्त गरेका छन् ।

जिम्बावेमा भएको एकदिवशीय विश्वकप छनोटमार्फत नेपाललाई अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता दिलाएर सोमबार स्वदेश फर्किएको नेपाली टोलीका प्रशिक्षक टमाटाले बंगलादेशमा विश्वकप खेलिसकेपछि पाएको टि–२० मान्यता हामीले मेन्टेन गर्न सकेनौं, चार वर्षका लागि हामीले एकदिवशीयमा यस्तो अवसर पाएका छौं, यसमा हामी चुक्नुहुन्न ।

त्यसका लागि प्रशिक्षक टमाटाको प्रष्ट धारणा छ, छिटो भन्दा छिटो नेपाल क्रिकेट संघको विवाद समाधान होस् र नेपाल आईसीसीको निलम्बनबाट फुकुवा होस् । दुई वर्ष आईसीसीको प्रत्यक्ष निगरानीमा टिम संहालेका प्रशिक्षक टमाटाले खेलाडीको मिहिनेत र एकल प्रयासमा यो सफलता हासिल गरिएको र आगामी दिनमा आएको अवसर सदुपयोग गर्न नेपाल क्रिकेट संघ क्यानमा सवल र सक्षम नेतृत्वको आशा गरेका छन् ।

‘घरेलु संरचना ध्वस्त छ, ट्यालेण्ट हण्टबाट खेलाडी छान्नुपर्ने अवस्था छ, टि–२० बाहेकका राष्ट्रिय प्रतियोगिता भएको छैन, धन्न हामीले यहाँसम्म पुर्यायौं, अबको बाटोको भनेको कठिन छ ।’ प्रशिक्षक टमाटाले भने ।

प्रशिक्षक टमाटाले उमेर समूहको क्रिकेटमा व्यपकताको माग गरेका छन् । उनले भनेका छन् कि ‘हामीसँग यू–१६ र यू–१९ टिममात्र छ, अब यू–२१ र यू–२३ को उमेर समूहमा टिम बनाउनुपर्छ, प्रतियोगिता गर्नुपर्छ, जसले सिनियर टोलीको बेञ्च स्ट्रेन्थको काम गरोस् ।’

टमाटाले पटक पटक क्यान निलम्बन फुकुवा हुनुपर्ने बताउँदै घरेलु नियमनकारी निकायको अभावमा राष्ट्रिय टोली ह्याण्डिल गर्न कति कठिन भइरहेको छ भनेर बुझ्न गाह्रो पर्दैनथ्यो । ‘आईसीसीले त हामीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नमात्र बञ्चि नगरेको हो, घरेलु प्रतियोगिता त उसले हेर्दैन नि ! अनि हामीले २०–२२ जना खेलाडीबाटै राष्ट्रिय टिम कहिलेसम्म बनाइराख्ने ?’ प्रशिक्षक टमाटाले प्रतिप्रश्न गरे । नेपालले डिभिजन टू अघि नामिवियाको विकेट सुहाउँदो हुने गरी दक्षिण अफ्रिका भ्रमण गर्न चाहेको थियो तर, आईसीसीले अनुमति दिएको थिएन ।

लामो समयदेखिको सपनाको रुपमा रहेको अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता पाइसकेपछि नेपालको अबको लक्ष्य टेष्ट मान्यता अर्थात पूर्णकालीन सदस्य बन्नु नै हो । त्यसका लागि अहिलेको घरेलु संरचना पर्याप्त हुन्छ त ?
टमाटा भन्छन्, ‘हुँदैन, हाम्रो बिद्यमान संरचना त एकदिवशीय मान्यताकै लागि पनि अपुग छ ।’

संरचना सुधारका लागि उनको प्रष्ट धारणा छ, त्यो हो एक, क्रिकेट संरचनाकै आमूल परिवर्तन, अर्को, भौतिक पूर्वाधारको निर्माण

‘संघीयतामा मुलुक गइसकेपछि हामीले कम्तिमा हरेक प्रदेशमा टिम तयार गर्नुपर्यो्, नियमित प्रशिक्षण गराउनुपर्यो, घरेलु प्रशिक्षकहरुलाई पर्याप्त सुविधासहित परिचालन गर्नुपर्योि र हरेक उमेरसमूहको टिम बनाउनुपर्योो ।’ प्रशिक्षक टमाटाले थपे, ‘नियमित एकदिवशीय राष्ट्रिय प्रतियोगिता हुनुपर्योउ, दु डे, थ्री डे म्याच खेलाउनुपर्योय, हाम्रो टिम ब्याटिङमा कमजोर देखिन्छ, म दाबीका साथ भन्छु कि एकदिवशीय, दुई र तीन दिवशीय खेलहरु नियमित हुने हो भने हामी ब्याटिङमा पनि त्यस्तै हुनेछौं जस्तो अहिले बलिङमा छौं ।’

‘रह्यो पूर्वाधार बिकासको कुरा, हामी इन्टरकन्टिनेन्टल खेल्ने भइसकेपछि हाम्रो मैदान दुई दिवशीय, तीनदिवशीय खेलाउने स्तरको छैन, हामीसँग भएको टियू मैदानको स्तरोन्नति गरी राम्रो विकेट बनाउनुपर्छ, हरेक प्रदेशमा एकेडेमी र क्रिकेट विकासको मेरुदण्डको रुपमा रहेको स्कुल क्रिकेटलाई लगानी गर्नुपर्छ ।’

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest