बाँकेमा बैशाख ३ गतेदेखि १२ गतेसम्म टी–२० हुने

बाँकेमा बैशाख ३ गतेदेखि १२ गतेसम्म टी–ट्वान्टी फरम्याटमा नेपालगन्ज कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

जिल्लामा क्रिकेट गतिविधि सून्य प्रायः भईरहेको समयमा ग्रीन ईभेन्टोले कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालगन्ज कप क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नेपालगन्ज क्रिकेट कपमा पाँच नं. प्रदेशका बाँके, बर्दिया, दाङ र रुपन्देहीका ६ वटा टीम सहभागि हुनेछन् ।

लिग कम नकआउटका आधारमा हुन गईरहेको प्रतियोगिताका लागि नेपालगन्जमै पहिलोपटक अक्सन प्रणालीमा टीमको खरिद बिक्री हुने आयोजक ग्रीन ईभान्टोका प्रबन्ध निर्देशक मोहम्मद रफीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

आयोजकका अनुसार प्रत्येक टीममा २ जनासम्म जिल्ला बाहिरका खेलाडी सहभागि हुनेछन् । प्रतियोगितालाई स्तरीय बनाउन प्रत्येक टीममा कम्तिमा पनि १ जना राष्ट्रिय टोलीका खेलाडीलाई सहभागी गराउने तयारी भईरहेको आयोजकको भनाई छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका अनुभवी अम्पाएर र स्कोररद्वारा प्रतियोगिताको हरेक म्याच संचालन हुने पनि आयोजक ग्रिन ईभान्टोले जनाएको छ ।

अक्सनमा प्रत्येक टिमको कम्तीमा पनि ५० हजार रुपैयाँ सिलिङ राखिएको छ । पाँच नम्बर प्रदेशका प्रतिभाशाली खेलाडीहको पहिचान गरी उनीहरुलाई व्यवसायीक क्रिकेटका लागि अवसर प्रदान गर्ने उद्देश्यले संचालन गर्न लागिएको प्रतियोगिताका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतियोगिताको विजेता टोलीले १ लाख १० हजार रुपैयाँ तथा उपबिजेताले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest