सन्दिपलाई दिल्लीले आज प्रधानमन्त्रीको हातबाट जर्सि हस्तान्तरण गर्दै

इन्डियन प्रिमियर लिग आईपिएल खेल्ने तयारीमा रहेका सन्दिप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले आज जर्सि हस्तान्तरण गर्दैछ ।

२० लाख भारतीय रुपैयाँमा दिल्लीमा अनुबन्ध भएका सन्दिपलाई दिल्लीले प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट जर्सि हस्तान्तण गराउन लागेको हो ।

जिम्बावेमा भएको विश्वकप छनोटमा स्वदेश फर्किएपछि सन्दिप चितवनमा रहेका छन । यहि कार्यक्रमका लागि उनी आज काठमाडौ आउदैछन । सन्दिपको जर्सि नम्वर कति हुनेत त्यो जर्सि हस्तान्तरणपछि नै थाहा हुनेछ ।

सन्दिपलाई जर्सि हस्तान्तरण गराउनका लागि दिल्ली डेयरडेभिल्सका केहि पदाधिकारी पनि नेपाल आएका छन ।

१७ बर्षे सन्दिप आईपिएलमा अनुबन्ध भएपछि विश्वमा उनको चर्चा निकै बढेको छ । विश्वकप छनोटमा पनि सन्दिपले १३ विकेट लिएका थिए ।

गौतम गम्भिरको कप्तानीमा आईपिएल खेल्न लागेका सन्दिपको प्रदर्शन कस्तो होला त्यो सबैको चासोको विषय बनेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest