सन्दीप लामिछाने दिल्ली डेयर डेभिल्सका लागी १ नम्बर जर्सीमा

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट टोली दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका नेपाली युवा स्टार सन्दिप लामिछानेले १ नम्बरको जर्सी लगाउने भएका छन् ।

काठमाडौं को होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा दिल्ली डेयरडेभिल्सका अफिसियलको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले सन्दिपलाई १ नम्बरको जर्सी हस्तान्तरण गरे ।

राष्ट्रिय टोलीबाट २५ नम्बरको जर्सी लगाउने सन्दिपले दिल्लीमा पनि त्यही जर्सी लगाउन चाहेका थिए । तर, दक्षिण अफ्रिकाका कागिसो रावाडाले लगाइराखेको हुनाले उनले त्यो जर्सी पाएनन् । त्यसपछि उनले १ नम्बर रोजेका हुन् ।

१ नम्बर रोज्नुको कारण खुलाउँदै सन्दिपले भने, “खासमा २५ नम्बर मेरो भाञ्जीको बर्थ डे हो, र त्यो नपाएपछि भाञ्जीको जन्म महिनाको रुपमा १ नम्बर रोजेँ ।”

https://twitter.com/nischaltiwari/status/976802779481034754

सन्दिप आईपीएल खेल्ने एशोसियन राष्ट्रका एकमात्र खेलाडी हुन् । गत महिना भएको अक्सनमा उनलाई दिल्लीले २० लाख भारुमा किनेको थियो ।

उनले टिममा चान्स पाउँछन् त भन्ने प्रश्नमा दिल्लीका सीईओ हेमन्त दुवाले भने, “प्रतियोगिताअघि क्याम्प हुन्छ, त्यस्तै अभ्यास खेलहरु पनि हुन्छन्, त्यसमा सन्दिपले राम्रो गर्न सक्यो भने अवश्य पनि उनी दिल्लीको प्लेइङ सेटमा पर्नेछन ।”

सीईओ दुवाले सन्दिपलाई १ नम्बरको जर्सी दिनुको कारण खुलाउँदै सन्दिप विश्वकै नम्बर १ लेगस्पिनरको पथमा रहेकाले १ नम्बरकै जर्सी दिएको बताए ।

यता सन्दिपले भने आफू प्लेइङ सेटमा पर्छु कि पर्दिन भन्दा पनि टिमको राम्रो प्रदर्शन मुख्य भएको बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest