बल ट्याम्परिङको विवादका कारण स्भिथ र वार्नरले दिए राजिनामा

अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमका कप्तान स्टिव स्मिथ र उपकप्तान डेभिड वार्नरले राजीनामा दिएका छन् ।

साउथ अफ्रिकासँगको तेस्रो टेष्ट खेल्न बाँकी हुँदै आइतबार स्मिथले कप्तानबाट राजिनामा दिएका हुन । साउथ अफ्रिकासँगको खेलमा बल ट्याम्परिङको प्रकरणमा गल्ती स्वीकार्दै स्मिथ र वार्नरले राजीनामा दिएका हुन् ।

क्रिकेट अष्ट्रेलियासँगको बैठकमा स्मिथ र वार्नरले राजीनामा दिन सहमत भएकाे आर्इसीसीले जनाएको छ ।

दक्षिण अफ्रिकासँगको तेस्रो टेष्टका क्रममा कप्तान स्मिथ र विकेटकिपर व्याट्सम्यान क्यामरोन बेनक्राफ्टले बल टेम्परिङ गरेको स्वीकार गरेका थिए । बेनक्रफ्टले बललाई रगडेर चम्काएको र आकार नै परिवर्तन गर्न खोजेको कुरा टेलिभिजन प्रसारणका क्रममा देखिएको थियो ।

त्यसको केही समयपछि बेनक्र्याफ्ट र स्मिथले आफूहरुबाट गल्ति भएको स्वीकार गरेका थिए । त्यसपछि बेनक्राफ्टलाई आइसीसीले स्पष्टीकरण सोधेको थियो । तर, कप्तान स्मिथले यसअघि आफूले गल्ती स्वीकार गरेर माफी मागे पनि टिमको कप्तानी नछाड्ने बताएका थिए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest