आईपिएलका लागि सन्दिप दिल्ली प्रस्थान

नेपाली युवा स्पीनर सन्दिप लामिछानेले आइपिएलका लागि आज दिल्ली गएका छन ।

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल खेल्न दिल्ली जानुअघि संचारकर्मीसँग बोल्दै सन्दिपले सँधै नेपाली टिमलाई सम्झेर खेल्ने गरेको प्रतिक्रिया दिएका छन् । ‘नेपाली क्रिकेट टिमका लागि जति राम्रो खेल्ने प्रयास गरेँ त्यस्तै प्रयास दिल्लीमा पनि गर्नेछु ।’ १७ बर्षे सन्दिपले भने ।

‘अष्ट्रेलियामा पनि नेपाली टिमसँग खेलेको सम्झेर खेलेको थिएँ । जहाँ गएपनि शतप्रतिसत प्रदर्शनको प्रयासमा हुनेछु ।’

‘अहिले मैले मौका पाएको छु । दिल्लीमा राम्रो प्रदर्शन गरेको खण्डमा नेपाली टिमका सिनियर खेलाडीले पनि मौका पाउन सक्नेछन् ।’ सन्दिपले थपे ।

राष्ट्रिय टिमको यात्रा केही सहज भएपनि भाग्यसँगै परिश्रम पनि अत्यावस्यक रहेको सन्दिप लामिछानेको भनाई छ ।

दिल्ली डेरडेभिल्समा २० लाख भारुमा आबद्ध भएका सन्दिप लामिछाने मंगलबार दिल्ली जानेछन् । त्यहाँ उनले टिमका खेलाडीसँग अभ्यास गर्नेछन् । दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ् हुन् भने कप्तानको जिम्मेवारी गौतम गाम्भिरलाई दिइएको छ । दिल्लीले पहिलो खेल अप्रिल ८ तारिकमा पञ्जावविरुद्ध खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest