नेपालले लर्डसमा फेरी खेल्ने

विश्व क्रिकेटमा फरक पहिचान बनाएको लर्डस् क्रिकेट मैदानमा नेपालले फेरि खेल्ने भएको छ ।

जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र एमसीसीबीच लर्डसमा त्रिकोणात्मक ट्वान्टी–२० शृंखला हुन लागेको हो। पहिलो खेल लन्डनमा स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुनेछ भने तेस्रो खेल दिउँसो साँढे चार बजे हुने एमसीसीले जनाएको छ।

नेदरल्यान्ड्सले नेपालसँगैं विश्व क्रिकेट लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गरी प्रतियोगिता जित्दै नोभेम्बरमा वान डे मान्यता प्राप्त राष्ट्र बनेको थियो।

२०१६ को जुलाईमा नेपालले लर्डस्मा गएर एमसीसीसँग खेलेको थियो। लर्डसमा एसोसिएट राष्ट्रको त्यो पहिलो खेल थियो।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest