जनकपुरमा टी-२० क्रिकेट हुने, विजेताले ३ लाख ११ हजार पाउँने

धनुषा क्रिकेट संघको आयोजनामा बैशाख सात गते देखि जनकपुरमा दीपक गुप्ता स्मृति क्रिकेट प्रतियोगिता हुने भएको छ ।

डीजीएमटीको पहिलो संस्करण २०६९ सालमा र दोस्रो संस्करण २०७१ सालमा भए पनि विचमा यो प्रतियोगिता विभिन्न कारणले रोकिएको थियो ।

टी–ट्वान्टी फरम्याटमा हुने प्रतियोगितामा तीन विभागिय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ क्लव सहित आठ टिमको सहभागिता रहनेछ ।

जसमा जनकपुर, विराटनगर र विरगञ्ज सहित भारतको आशाम र कानपुरको टिमले भाग लिनेछन । ५० लाख रुपैयाँ बजेटमा संचालनहुने प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र दोस्रो हुनेले एक लाख ७१ हजार पाउनेछन ।

पहिलो र दोस्रो संस्करणमा म्याट ओछ्याएर गरिएको प्रतियोगिता यो वर्ष टर्फ विकेटमा गर्ने भएको छ । प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको आयोजकले बताएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest