स्थानीय स्तरबाट सुरु भएको डिपिएलले अन्तराष्ट्रिय रुप लिदै, लगानीकर्ता उत्साहित

चैत १७ गते देखि धनगढीमा हुन लागेको धनगढी प्रिमियर लिगले लगानीकर्ताका साथै खेलाडी र स्थानियवासीमा ठुलो उत्साह ल्याएको छ ।

धनगढीका स्थानीयको सहयोगमा अघिल्ला संस्करणसम्म आयोजकलाई प्रायोजक खोज्न निकै कठिन हुने अवस्था थियो । तर राष्ट्रिय खेलाडीमात्र नभई विदेशी खेलाडी नै प्रतियोगितामा सहभागिता जनाउने भएपछि डिपिएलको दायर निकै फराकिलो मात्र भएको छैन लगानीकर्तापनि उत्साहित भएका छन ।

स्थानिय स्तरमा पनि ठुलो प्रतियोगिता आयोजना हुदा लगानी गर्नेको भिड नै लागेको छ । करीव ३ करोड रुपैया लागत रहेको यो प्रतियोगितामा केन्द्रिय स्तरका प्रायोजकले ठुलो लगानी गरेका छन ।

खेलको टिकटका लागि इसेवाले प्रायोजन गरेको छ, यस्तै पहिलो पटक गोल्डस्टारले गोल्डेन बुट दिने निर्णय गरेको छ । योजना अनुसार अगाडी बढेमा सोचेको कुरा पुरा हुन्छ भन्ने दरिलो उदाहरण प्रतियोगिताको आयोजकले देखाएका छन ।

लाखौ रुपैया खर्च गरेर बलियो टिम बनाउनु आयोजकका लागि ठुलो चुनौती छ । त्यसमा पनि प्रायोजक देखि टिम ब्यवस्थापन गर्न अझ गाहे काम हो । देशका ठुला ब्यवसायीले क्रिकेटमा लगानी गर्न कन्चुस्याई गरिरहेका बेला स्थानिय ब्यापारीले यो प्रतियोगिताका लागि खुला दिलले लगानी गरेका छन ।

गत सस्करणको डिपिएल जितेपछि अझ हौसीएको यी लगानीकर्तामा क्रिकेटप्रतिको चाहना थप बढेको हो । पुर्वाधारका हिसावले पनि पछाडी रहेको धनगढीमा यति ठुलो प्रतियोगिता गर्नु आफैमा गर्वको विषय हो । त्यहि भएर पनि प्रतियोगिताको मिती तोकिएदेखि नै स्थानियवासीमा उत्साह थपेको छ ।

सिटी अफ क्रिकेटको उपनाम पाएको धनगढीमा डिपिएललाई भब्य पार्न जुन किसिमको सहयोग स्थानिय देखि ब्यापारिले गरेका छन, त्यसले नेपाली क्रिकेट ब्यवसायिक बाटोमा अगाडी बढदैछ भन्ने प्रस्ट्याएको छ । यतिमात्र होइन यो प्रतियोगिताले क्रिकेटको शहर भनेर चिनिने धनगढीमा चाडै अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान ड्रिम फाल्पाको सपना पुरा गर्ने देखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest