युएईका ओपनर मुस्तफा टिम चौराहामा अनुबन्ध

धनगढी प्रिमियर लिगमा सहभागि टिमले एकपछि अर्को रुपमा विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम सुरु भएको छ । जसमा टिम चौराहा धनगढीले भारत र युएईका खेलाडीलाई टिममा ल्याएको छ ।

टिम चौराहाले बताए अनुसार डिपिएलका लागि राजस्थानका पुनित मिश्रालाई अनुबन्ध गरेको छ ।

राजस्थानबाट घरेलु लिग खेलेका मिश्रा यसअघि काठमाडौमा भएको एभेरेष्ट प्रिमियर लिगमा भैरहवा टिमबाट खेलेका थिए ।

अलराउण्डर पुनित मिडिल अडरका ब्याट्सम्यान हुन । यस्तै चौराहाले युएईका रोहन मुस्तफालाई पनि टिममा ल्याएको छ ।

डिपिएलमा रोहन सायद हाइप्रोफाइल विदेशी खेलाडी हुनेछन । अलराउण्डर रोहनले २६ एकदिवसिय खेलमा ६ सय ४१ रन बनाएका छन भने टी–२० मा २४ खेलमा ४ सय ११ रन बनाएका छन ।

यस्तै बलिङमा उनले एकदिवसियमा २८ र टी–२० मा १९ विकेट लिएका छन । सोमपाल कामी रणनितीक खेलाडी रहेको टिम चौराहामा धेरै खेलाडी युवा नै रहेका छन ।

अन्डर नाइन्टिन खेलाडीको बाहुल्यता रहेको टिम चौराहाले डिपिएलका लागि तयारी सुरु गरिसकेको छ ।

६ टिमको सहभागिता रहेको डिपिएलको विजेताले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउनेछन । चैत्र १७ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest