अष्ट्रेलियन क्रिकेटद्धारा स्मिथ र वार्नरलाई १ बर्षको प्रतिबन्ध

अष्ट्रेलियन क्रिकेट बोर्डले बल टेम्परीङको विवादमा परेका स्टिभ स्मिथ तथा डेविड वार्नरलाई एक बर्षको प्रतिबन्ध लगाएको छ ।

दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्टका क्रममा बलर क्यानरुन बेनक्रफ्टले बल टेम्परिङ गरेको भन्ने प्रमाणित भएपछि अष्ट्रेलियन क्रिकेट बोर्डले स्मिथ र वार्नरलाई एक बर्ष तथा बलर क्यामरुनलाई नौ महिना प्रतिबन्ध लगाएको छ ।

सुनियोजित ढंगले बल टेम्परिङ गरेको भन्दै कप्तान स्मिथले मिडीयालाई बताएपछि उनको चर्को आलोचना भएको थियो । जसका कारण उनले कप्तान पदबाट राजीनामा दिएका थिए ।

उनिसंगै उपकप्तान वार्नरले पनि राजीनामा दिएका थिए । अष्ट्रेलियन क्रिकेट बोर्डले आफ्नो आचार संहिता विपरीत काम गरेको भन्दै दुबैलाई एक बर्षका लागि क्रिकेटबाट टाढा पठाएको हो ।

खेलका दौरान टेलिभिजन रिप्लेमा बलर क्यामरुनले टेम्परिङ गरेको देखिएको थियो । त्यसपछि अष्ट्रेलियन टिमको विश्वब्यापी रुपमा चर्को आलोचना भएको थियो ।

दुई दिन अगाडी कप्तान बाट राजिनामा दिएका वार्नर र स्मिथलाई अष्ट्रेलियन क्रिकेटले प्रतिबन्ध लगाएसंगै घर फर्किएका छन । यसका साथै स्मिथलाई आईसीसीले ७५ प्रतिशत म्याच फि जरिवाना पनि लगाएको छ ।

यसका साथै दुबै खेलाडीले अर्को महिना देखि सुरु हुँने इन्डियन प्रिमियर लिग खेल्न नपाउने भएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest