क्यानको साधारणसभा सर्यो, नयाँ मिति बैशाख ६-७ गते

आइसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघ क्यानको विषेश साधारण सभा बैशाख ६ र ७ गते हुने भएको छ ।

चतुर बहादुर चन्द अध्यक्ष रहेको निर्वाचित क्यानले गठन गरेको कार्य सम्पादन समितिले बैशाख १३ र १४ गते विषेश साधारण सभा गर्न आइसीसी समक्ष प्रस्ताव गरेको थियो ।

तर सो समयमा आईसीसीको आफ्नै बैठक भएका कारण क्यानको साधारण सभा ६ र ७ गतेका लागि तय भएको छ । निर्वाचित भनिएको क्यानले बोलाएको विशेष साधारण सभाले संसोधित विधानका केही विवादित बुंदाहरुमा छलफल गर्ने छ ।

यो विषेश साधारण पछि क्यान विवाद समाधानको बाटो तर्फ जाने अपेक्षा गरिएको छ । यो साधारण सभाका लागि आईसीसीले बजेट पनि निकाशा गरिसकेको छ ।

क्यान निलम्बनमा परेपछि नेपाली क्रिकेट आइसीसीले हेर्र्दै आएको छ । भर्खरै नेपालले ओडिआइ अन्तराष्ट्रिय माँन्यता पाएसंगै क्यान विवाद समाधान गर्न चौतर्फी दवाव बढेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest