धुर्मुसले भने-‘अब क्रिकेट स्टेडयम बनाउन जुट्नेछौ’

सामाजिक अभियन्ता तथा हास्य कलाकार सिताराम कट्टेलले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा जुट्ने उद्घोष गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउन्डेसनले संयोजन गर्ने बताएका छन् ।

उनले आफ्नो स्टाटसमा लेखेका छन- “चाँडै रंगशाला निर्माण समिति बन्नेछ र त्यही समितिको रोहबरमा रंगाशाला बन्नेछ ।”

साथै उनले रङगशाला निर्माण अभियान धुर्मुस सुन्तली फाउन्डेसनको मात्रै नभएर राष्ट्रकै अभियान भएको बताएका छन ।

नेपालले अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएसँगै क्रिकेट समर्थकबाट क्रिकेट स्टेडियम निर्माणको अभियान अघि बढ्न दबाव बढेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest