आईसीसी टी–२० विश्वकप पूर्वी एशिया क्षेत्रको छनोट अगष्टमा हुँने

आईसीसी टी–२० विश्वकप अन्तर्गत पूर्वी एशिया क्षेत्रको छनोट प्रतियोगिताको मिती सार्वजनिक भएको छ ।

आईसीसीले सार्वजनिक गरेको मिति अनुसार प्रतियोगिता अगष्ट २६ देखि ९ सेप्टेम्बरसम्म मलेसियामा हुने भएको छ ।

पूर्वी एशियाका ७ देशको सहभागिता हुने प्रतियोगितामा नेपालसँगै मलेसिया, भुटान, चीन, म्यानमार, थाइल्याण्ड, सिंगापुर रहेका छन ।

जसमा शिर्ष स्थानमा पुग्ने टिम अर्को चरणमा प्रवेश गर्नेछ ।

एक साता अगाडी एकदिवसिय विश्वकप छनोटमा आठौ स्थानमा रहेपनि वन डे मान्यता पाएको नेपालका लागि यो प्रतियोगिताको शिर्ष स्थानमा रहन केहि सहज हुँने देखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest