डिपिएलको तयारी पुरा, डीपीएल खेल्न पाउँदा खेलाडी उत्साहित- पारस

पर्सि देखि कैलालीको धनगढीमा हुन लागेको मुलुककै सर्वाधिक धनरासीको धनगढी प्रिमियर लिग डिपिएल दोस्रो संस्करणको तयारी पुरा भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले आज धनगढीमा पत्रकार सम्मेलन गरि प्रतियोगीताको तयारी पुरा भएको जनाएको छ ।

धनगढी स्थित संघिय प्रहरी कार्यालयको मैदानमा पिच निर्माण र अस्थाइ प्याराफिट निर्माण कार्य पुराभएको छ भने अन्य अफिसीयल पत्रकार तथा खेलाडिहरु आउने क्रम जारी रहेको आयोजकले जनाएको छ ।

३ करोड लागत रहेको डीपिएलमा देशका विभिन्न ६ टिमहरुले प्रतिस्पर्धा गर्दैछन् । ६ वटै टिमले यसअघि नै अक्सनवाट खेलाडी अनुबन्ध गरीसकेका छन भने अधिकांस टोलिले विदेशी खेलाडी अनुबन्धन गराइसकेका छन् ।

प्रत्येक टोलीले ११ जना खेलाडी अक्सनबाट, १ रणनैतिक खेलाडी, दुई विदेशी तथा एकजना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगीताको विजेतालाई २५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ दिइनेछ ।

पारसले के भने ?

पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले मुलुकको क्रिकेटले अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएका बेला डीपीएल खेल्न पाउँदा खेलाडीहरु थप उत्साहित भएको बताए ।

क्रिकेटमा लगानीबिना अगाडि बढ्न असम्भव रहेको बताउँदै उनले मुलुकमा हुने ठूला–साना घरेलु प्रतियोगिताले नै क्रिकेटको विकासमा सहयोग गरेको बताए ।

पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका कप्तान पारस खडकाले अन्तराष्ट्रिय ओडिआइ मान्यता पाए पछिको पहिलो खेल भएकाले नेपाली टिमका लागी डिपिएल महत्वपुर्ण प्रतियोगीता भएको वताउनुभयो ।

विराटनगर किंगसका रणनैतिक खेलाडी समेत रहेका पारसले डिपिएल नया राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो वनेको वताउनुभयो ।

पारस डिपिएलमा दोस्रो पटक सहभागीता जनाउन लागेका हुन । पहिले संस्करणमा उनि टिम चौराहा धनगढीका टिम क्याप्टेन थिए ।

नेपालले क्रिकेट इतिहासमा नै ठूलो सफलता हात पारेपछि पहिलो पटक घरेलु क्रिकेट खेल्नका लागि खड्का धनगढी पुगेका हुन्।

धनगढी पुगेपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै कप्तान खड्काले एकदिवसीय मान्यता पाएपछि पहिलो पटक सर्वाधिक पुरुष्कार राषीको घरेलु क्रिकेटमा सहभागिता जनाउन पाउदा उत्साहित भएको बताए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest