धनगढी प्रिमियर लिग आज देखि, काठमाडौ र चौराहा विच प्रतिस्पर्धा

डिपिएलको दोस्रो सस्करणको उद्घाटन खेलमा साविक विजेता टिम चौराह धनगढी र काठमान्डौ गोल्डेन्स बीचको प्रतिस्पर्धा हुनेछ । धनगढीको नेपाल पुलिसको एएसपी मैदानमा हुने खेल दिउसो एक बजेबाट सुरु हुनेछ । टिम चौराह गत संस्करणको च्याम्पियन बन्दा उसलाई भाग्य र कप्तानको रणनितीले निकै साथ दिएको थियो ।

राष्ट्रिय टिमका कप्तान पारस खड्को नेतृत्वमा रहेको चौराहाले फाइनलमा विराटनगर किङसलाईलाई हराउदै च्याम्पियन बनेको थियो ।

सो बेला टिमका कप्तानी गरेका शरद भेषवाकर यो प्रतियोगितामा छैनन भने दुबै टिमका कप्तान पनि परिवर्तन भएका छन । पारस विराटनगरको कप्तानी गरिरहेका छन भने चौराहाको कप्तानी सोमपाल कामीको हातमा रहेको छ । यस्तै काठमान्डौं गोल्डेन्स ज्ञानेन्द्र मल्लको नेतृत्वमा छ ।

उद्घाटन खेलमा दुबै टिमका कप्तानले जितका लागि मैदानमा उत्रने बताएका छन । धनगढीको मौसम र पिचको अवस्था कस्तो हुन्छ त्यो अनुसार खेल अगाडी नै के गर्ने भन्ने निर्णय हुने चौराहाका कप्तान सोमपाल कामीको भनाई छ ।

मैदान केहि सानो भएकाले हाईस्कोरको म्याच हुनसक्ने अनुमान गरिएको छ । यसपटक पिचपनि ब्याट्सम्यानलाई साथ दिन बनाइएको छ । दुई महिना लगाएर तयार पारेको पिचमा शुक्रबार परेको भारी बर्षाले केहि असर नगर्ने अनुमान क्युरेटर अजय पाण्डेको छ ।

उद्घाटन खेलमा चौराहाबाट खेलिरहेका युएईका कप्तान रोहन मुस्तफा सबैको नजरमा हुनेछन । अलराउण्डर मुस्तफाबाहेक चौराहामा त्यस्तै धेरै अनुभव भएका खेलाडी कम नै छन । तर यता ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौ गोल्डेन्समा पनि मिश्रित खेलाडी रहेका छन ।

शनिबारको मौसम

उद्घाटनको अघिल्लो दिन धनगढीमा ठुलो हावाहुरी सहित भारी बर्षा भएको थियो । केहि स्थानमा असिना पनि परेको थियो । भोली दिनभरको मौसम पनि पुर्ण रुपमा घाम भने लाग्ने छैन । हल्का बादल दिनभर रहनेछ । यदि आज राती पानि परेन भने भोली समयमै उद्घाटन खेल हुनेछ ।

 

 

 

 

 

 

डिपिएल विशेष बनाउने तयारी

यस पटकको डिपिएल सर्वाधिक पुरस्कार, सुधारिएको मैदान र प्रविधीको प्रयोगले मात्र विशेष भएको छैन । नेपालले ओडिआइ मान्यता पाएपछिको पहिलो प्रतियोगिता हो । यसले खेलाडीलाइ अर्कै किसिमको उर्जा दिएको छ । मोफसल भन्दा बाहिर आयोजना भएको यति ठुलो प्रतियोगिता हरेक खेलाडीको सपनासंग जोडिएको छ ।

 

यस पटक मैदानमा राखिएको अस्थाई प्यारापिट पांच जना क्रिकेट खेलाडीको सम्मानमा सर्मपित गरिएको छ । पुर्व कप्तानहरु विनोद दास, राजु खड्का, खल राउन्डर मेहबुब आलम, पुर्व प्रशिक्षक स्वर्गिय अर्जुृन खड्का र सागका किर्तिमानी स्वर्ण पदक विजेता ओलम्पियन दिपक बिस्टको नाममा स्ट्यान्ड बनाइएको छ । क्रिकेटका पारखीका लागि डिपिएलले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धरै कौतुहलता बढाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest