डीपीएलमा टिम चौराहाद्वारा १४६ रनको लक्ष्य प्रस्तुत

धनगढी प्रिमियर लिग डिपिएलमा टिम चौराह धनगढीले काठमान्डौं गोल्डेन्स लाई एक सय ४६ रनको लक्ष्य दिएको छ ।

संघिय प्रहरी इकाइ कार्यालयको मैदानमा टस हारेर ब्याटिङ गरेको चौराहले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै एक सय ४५रन बनायो ।

चौराहको पारीमा सुनिल धमलाले अर्धशतक प्रहार गरे । डिपिएलको पहिलो खेलमा नै सुनिलले अर्धशतक बनाए । धमलाले ५७ वलमा ६८ रन बनाए ।

उनले आठ चौका र दुई छक्का हिर्काएका थिए । छैटौ ओभरमा ओपनर पुनित मिश्रालाई आउट गर्दै रसिद खानले काठमान्डौलाइ पहिलो सफलता दिलाएका थिए ।

धमला र शंकर रानाले दोस्रो विकेटका लागि ७१ रनको साझोदारी गरे । शंकर ब्यक्तिगत ३६ रनमा सन्नी पटेलको वलमा मैदान बाहिरिदा चौराहाको स्कोरबोर्डमा एक सय २६ रन रहेको थियो ।

विशाल स्कोर तर्फ अघि बढेको चौराहाको रनरेटलाई साहव आलमले रोके । १८ औं ओभरमा साहवले ह्याट्रिक गर्दै आफ्नो उत्कृष्ट बलिङको प्रमाणित गरे । उनले सुनिल धमला, सोमपाल कामी र सोनु खड्कालाई पवेलियनको बाटो देखाएका थिए ।

साहवले चार ओभरमा २३ रन खर्चिदै तीन विकेट लिए । जारी डिपिएलको यो पहिलो ह्याट्रिक हो । राजु रिजाल एघार र योगेन्द्र सिंह कार्की पांच रनमा अविजीत रहे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest